Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सामूहिक बलात्कार : महिलाको उपचार जारी, एक आरोपी अझै फरार

विराटनगर : मोरङको सुन्दर हरैँचा नगरपालिका-४ बलियामा गत शुक्रबार सामूहिक बलात्कारमा परेकी ३१ वर्षीया महिला त्यो कहाली लाग्दो घटनाले न निदाउन सकेकी छिन् न धक फुकाएर बोल्न नै सकेकी छन्। उनी विराटनगरस्थित कोशी अस्पतालको शय्यामा छटपटाइरहेका छिन्।

अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले पीडितको अवस्था गम्भीर रहे पनि उपचारमा कुनै कमजोरी हुन नदिन सक्दो प्रयास गरिरहेको बताइन्।

‘रक्तश्राव अत्यधिक भइरहेको छ। रगत धेरै बगेका कारण रक्तचाप पनि निक्कै कम भएर गयो,’ उनले भनिन्, ‘तर पनि अवस्था गम्भीर छ।’

डा. केसीका अनुसार पीडित महिलाको यौनाङ्ग क्षतविक्षत छ। शरीरका विभिन्न भागमा पनि चोटपटक छ। यौनाङ्गमा ठूलो असर पुगेका कारण सिलाई गर्नुपर्ने अवस्था रहेको उनले बताइन्। उनले भनिन्, ‘अरू थप समस्याका विषयमा परीक्षण गरेर रिपोर्ट आइसकेपछि मात्रै थाहा हुन्छ।’

यसरी भएको थियो घटना

खोटाङको दिक्तेल घर भई मोरङको सुन्दर हरैँचाका गछियास्थित बहिनीको घरमा बस्दै आएकी ती महिला शुक्रबार राति सामूहिक बलात्कारमा परेकी हुन्। एक साताअघि इटहरीमा काम सुरु गरेकी उनी सधैं झैँ काम सकेर शुक्रबार दिउँसो ३ बजेतिर गछिया घर जाँदै थिइन्।

तर‚ बहिनीको घर नपुग्दै प्रदेश २–०१–००१ च २२७ नम्बरको मारुती भेनमा तीन जना पुरुष आइपुग्छन्। गाडीमा रहेका तीनमध्ये एकजनाले बहिनीको घर पुर्‍याइदिने भनी ती महिलालाई गाडीमा राख्छन्। तर, बहिनीको घर नलगी विभिन्न ठाउँ घुमाएर बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजमा पुर्‍याउँछन्।

पीडितको भनाइअनुसार ती युवाहरूले साँझ करिब ७ बजे होटलमा पुर्‍याएका थिए। एकछिनमा बहिनीको घर पुर्‍याइदिन्छु भन्दै उनलाई केही खाना दिए। त्यो खाना खाएपछि आफू बेहोस भएको उनले सुनाइन्। होटलको एउटा कोठामा थुनेर महिलालाई तीन जनाले रातभर पालैपालो बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ।

पटक पटकको बलात्कारपछि पीडाले असह्य भएपछि उनी मध्यराति १२ बजेतिर चिच्याएको र प्रतिकारको प्रयास गरेकी रहेछिन्। त्यो बेला एक जनाले यौनाङ्गमा हात हालेको पीडितले बताइन्। त्यसपछि के भयो भन्ने थाहा नभएको ती महिलाको भनाइ छ।

काममा गएकी छोरी अबेरसम्म घर नआएपछि खोज्दा शनिबार बिहान होटलभित्र अर्धचेत अवस्थमा भेटिएको पीडितकी बुवाले बताए। उनका अनुसार होटलको कोठा र ओछयान रक्ताम्मे थियो। अस्पताल ल्याउने क्रममा रगतले गाडीको सिट नै रक्ताम्मे भएको थियो।

उनका अनुसार उपचारमा रहेकी छोरी घरी रुने‚ घरी कराउने, चिच्याउने त घरी बेहोस हुन्छिन्। ‘शरीरभरी चोटपट लागेको छ,’ उनले  भने, ‘छोरीको अवस्था अहिले पनि चिन्ताजनक छ।’

उक्त घटना सार्वजनिक गरेमा मारिदिने सम्मको धम्की दिएको उनले गुनासो गरे। शनिबार बिहान ८ बजेतिर छोरीको होस आएपछि होटलमा राखेर सोध्दा आफूलाई बलात्कार गरेको भनेपछि घटना बाहिर आएको बुवाले बताए।

दुईजना पक्राउ‚ एकजना फरार

सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले सुन्दरहरैचा नगरपालिका– ४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज श्रेष्ठ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जिल मुकारूङ जानकारी दिए।

घटनामा संलग्न एक जना फरार रहेका छन्। फरार व्यक्तिको खोजी भइरहेको मुकारूङले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP