Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अर्घाखाँची जाने भनेर किशोरीलाई फकाएर भारत लैजान खोज्ने युवक पक्राउ

पर्सा : अर्घाखाँची जाने भनेर १५ वर्षीया किशोरीलाई फकाएर भारत लैजान खोज्ने एक युवक वीरगन्जस्थित नेपाल(भारत सीमाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला स्थाई घर भई भारतको आसाम घर बताउने २८ वर्षीय राजु अधिकारी छन् ।

उनलाई वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेका माइती नेपालका सीमा पहरेदारहरूले सोमबार साँझ ४ बजेर ४५ मिनेटमा शंका लागेर केरकार गरेपछि ती युवक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार बैतडीको लिस्टी नगरपालिका–२ की १५ वर्षीया बालिका राधा ९नाम परिवर्तन० लाई अधिकारीले फकाएर वीरगन्जसम्म ल्याएका थिए । माघ ७ गते घरबाट कपी किनेर आउँछु भनेर निस्केकी राधा त्यसपछि घर फर्किएकी थिइनन् ।

माइती नेपाल आवधिक गृह वीरगन्जकी प्रमुख संगीता पुरीका अनुसार लामो समयदेखि मोबाइलबाट राधाको सम्पर्कमा रहेका राजुले आफ्नो घर अर्घाखाँची रहेको तथा नारायणघाटमा कपडाको पसल रहेको बताउँदै फोनबाटै प्रेमजालमा पार्ने प्रयास गरेका थिए ।

त्यसपछि किशोरी राधा राजुको उच्काहटमा परी घरबाट भागेर बैतडीको छतबाज चौराहा बजारसम्म आइपुगेकी थिइन् । सुरुमा आफ्नो घरमा बस्ने र पछि उमेर भएपछि विवाहसमेत गर्ने प्रलोभन राजुले राधालाई दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP