Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

२५ किलो चांँदीका गहनासहित दुई जना पक्राउ

चितवन : भरतपुर विमानस्थलमा २५ किलो चाँदीका गहनासहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का प्रकाश साह सोनार र बारा जिल्ला नरही गाविस वडा नम्बर ६ का अजय कुमार सर्राफ रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार बुधबार बिहान ९ बजेर २५ मिनेटमा विमानस्थलबाट काठमाडौंतर्फ कार्गो गरी पठाउन लागेको कपडाको झोला  एक्सरे मेसिनमा राखी चेकजाँच गर्ने क्रममा मेटलको चिज बस्तु रहेको पाएकोले उक्त सामान माथि शंका लागि उक्त झोला चेकजाँच गर्दा चाँदीका गहनाहरू फेला पारेको थियो। 

उक्त चाँदी सोही स्थानमा तौल गर्दा २४ किलो ९६० ग्राम रहेको र  यसको बिल समेत शंकास्पद रहेकोले उक्त सामान कुरियर गर्न आएका सोनार र सर्राफलाई  पक्राउ गरी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP