Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

नेपालमा भारतीय डाँका सक्रिय बन्दैः दिनभरि चल्ला बेच्ने, राति डकैती

बाँके ।

भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ गर्दा रहेछन् ।

चल्ला बेच्ने निहुँमा घर, धनसम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहारले आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको छ ।

बर्दियाको बढैयाताल र बाँकेको खजुरामा सुनसहितको ठूलो धनसम्पत्ति लुटेका मनिहारसहित दुई जनालाई बाँकेको जानकी गाउँपालिकामा लुट्दै गर्दा गाउँलेले समातेर प्रहरीलाई बुझाएपछि भारतीय डाँकाको पर्दाफास भएको हो ।मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलाबजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेको थियो ।

माघ १७ गते बाँकेको खजुरा गाउँपालिका–४ डिगाउँका हरिप्रकाश विकको घरबाट नगद ५० हजार, साढे तीन तोला सुन र २२० सीसीको पल्सर बाइक चोरेको थियो । माघ २९ गते जानकी गाउँपालिका–५ बुढियागाउँका मन्जुर खाँको घरमा डकैती गर्ने बेलामा मनिहार र रूपैडिहाका निजामुद्दिन कवडिया पक्राउ परेका छन् ।

मनिहारले आफूले सात वर्षदेखि बाँके र बर्दियाका विभिन्न गाउँमा पुगेर चल्ला बेच्ने गरेको बताए । मनिहारका अनुसार, रूपैडिहाका अकिल साई, हफिज जोलाह र साजन डकैती धन्दामा सक्रिय रहेका छन् । यो टोली बाँके र बर्दियाको छोटी नाकाबाट १०९११ बजे नेपाल प्रवेश गर्ने र मध्यरातमा डकैती गरेर फरार हुने गर्दथ्यो ।

बाँके खजुराको विकको घरमा राति एक बजे लुटपाट गरिएको थियो । हरिप्रकाश विकका अनुसार पछाडिपट्टिको ढोकाबाट भित्र प्रवेश गरेका चार जना डाँकाले शुरूमा छोरालाई नियन्त्रणमा लिएका थिए । अर्को छोरालाई बुबाआमा सुतेको कोठाको ढोका खोल्न लगाएका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP