Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मोबाइल बिग्रिएको निहुँमा श्रीमतीको हत्या

झापा : भद्रपुरमा मोबाइल फोन बिग्रिएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- १ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

तामाङले आफ्नै घरमा ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई सोमबार बिहान हत्या गरेका हुन्। प्रहरीका अनुसार मोबाइल फोन बिग्रेको निहुँमा उनीहरूबीच झगडा भएको थियो।

झगडाको क्रममा श्रीमानले श्रीमतीको घाँटीमा चक्कु र शरीरमा ढुङ्गा प्रहार गरी हत्या गरेको डिएसपी पाठकले जानकारी दिए। घटना भएलगत्तै  सीमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर तामालाई पक्राउ गरेको छ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP