Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लुम्बिनी प्यालेस छपियाका सन्चालक भुसाल युवती आत्महत्या प्रकरणमा पक्राउ

बुटवल । रुपन्देहीको सियारी गाउपालिका वडा नं ५ छपियामा रहेको लुम्बिनी प्यालेस रिसाेर्टका सन्चालक अर्जुन भुसाल प्रहरीले नियन्त्रणमा परेका छन् । आफ्नै रिसाेर्टमा काम गर्दै आएकी एक युवतीको आत्महत्या प्रकरणमा काठमाडौ प्रहरीले नियन्त्रणमा लिएको हाे।

काठमाडौंकाे बुद्धनगर स्थित एक घरमा भाडामा बस्दै आएकी रविना ढकाल आईतवार बिहान झुन्डिएको अवस्था फेला परेपछि अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे थियोे। करीव ४ वर्षदेखि भुसालकाे लुम्बिनी पिस प्यालेस रिसाेर्ट अन्तरगतकाे कृषि फर्ममा काम गर्दै आएकी रविनालाई २ वर्षअघिबाट बानेश्वरकाे बुद्ध नगरमा रहेको उक्त घरमा राखेको बुझिएकाे छ। गुल्मी घर भएकी ढकाल कृषि प्राविधिक हुन।

काठमण्डौं प्रहरी प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक सुदिप गिरीले अनुसन्धानका लागि नियन्त्रणमा लिईएकाे र थप कुरा अनुसन्धान पछि मात्रै भन्न मिल्ने बताए। मृतक युवतीका आफन्तले रविनालाई भुसालले हत्या गरेको भन्दै किटानी जाहेरी दर्ता गरेपछि अदालतबाट अनुमति लिएर प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ।

प्रहरी श्राेतका अनुसार भुसालले ति युवतीसंग केहि बर्ष यता लिभिङ टुगेदरमा रहेको र आफुलेनै काेठा लिएर राखेको बयान दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP