काठमाण्डाै – चाेरीका तीन वटा माेटरसाइकलसहित काठमाण्डौबाट एक जना पक्राउ परेका छन् । काठमाण्डौको नयाँ बानेश्वर घर भएका पुलकित ठकुरीलाई प्रहरीले चोरीका मोटरसाइकलसहित पक्राउ गरेको हो ।
गएकाे शुक्रवार जडीबुटीको नरेफाँट नजिकै नियमित जाँचका क्रममा ठकुरीले आफूले चलाएको मोटरसाइकलको कागजात दिन आनाकानी गरेपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उनले मोटरसाइकलको वास्तविक नम्बर प्लेट छोपेर नक्कली नम्बर राखेको भेटिएको थियो ।
पक्राउ परेका पुलकित ठकुरीसँग सोधपुछका क्रममा थप दुई वटा मोटरसाइकल पनि चोरेर नरेँफाटको खाली जग्गामा फोहोरको थुप्रो नजिकै राख्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया