Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

कपिलवस्तुमा अग्नि पिडितलाई राष्ट्रिय जनमोर्चाद्वारा राहत वितरण ।।

राम अवतार चौधरी
कपिलवस्तु, २४ चैत ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–१, गुगौलीमा अग्नि पिडितलाई राष्ट्रिय जनमोर्चाले शनिवार राहत वितरण गरेको छ । जिल्लाको पश्चिमी भेग विजयनगर गाउँपालिका गुगौलीमा अग्नि पिडित परिवारको जीवनयापन सहज होस् भनि राहत वितरण गरिएको हो ।


यही चैत्र महिनाको २१ गते आगलागी हुँदा २५ घर जलेर नष्ट भएका थिए । भने १४ वटा गोठ पनि जलेका थियो । पिडित परिवार अहिले खुल्ला आकाशमुनि बस्न बाध्य भएका पीडितलाई विभिन्न पार्टी सघ र संस्थाहरुले राहत वितरण गरेका छन् । यसै क्रममा राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाले पनि यही मिति २०७६–१२–२३ गतेका दिन अग्नि पीडितको गाउँमा गइ २५ घर परिवारलाई रु.५०० पाँच सय रुपैयाँका दरले नगद र साथै २–२ वटा कचौरा र साबुन वितरण गरेको छ ।


राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल सुनार, सचिव गोविन्द परियार, राजमो वडा न १ का अध्यक्ष प्रभु यादव, २ का अध्यक्ष हिरालाल तेली , ४ का अध्यक्ष विष्णु सुनार, ५ का अध्यक्ष खदेरु पासी, ६ अध्यक्ष पतेश्वरी यादव, र ७ का अध्यक्ष वीरेन्द्र कुमार चौधरी, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुकका केन्द्रीय सदस्य केर सिंह अदैको उपस्थितिमा राहत वितरण गरिएको हो ।


राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका समितीले घर बनाउन काठको व्यवस्था, जस्ताको पाता लगायतको व्यवस्था र राहतको व्यवस्था मिलाउन गाउँपालिका र साझेदारी वन संग समेत पहल गर्न समेत राजमो जनाएको छ । साथै कोराना भाइरस देखि सावधान रहन, अलग –बस्ने , कसै संग सङ्घै नबस्ने, साबुन पानीले हात धोई रहने र माक्सको प्रयोग गरेर सजकता अपनाउन अनुरोध समेत राजमो कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP