कञ्चनपुर : बेलौरी नगरपालिका-६ रिछाहाबाट प्रहरीले आज दुई जनालाई लागुपदार्थ खैरो हिरोइनसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा कैलालीको धनगढी उप-महानगरपालिका-२ का वर्ष २६ का दिपक बिष्ट र वर्ष ३१ का गोपी विकलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी सहायक निरीक्षक शंकर कुवँरको कमाण्डामा रहेको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये गोपीले सेतो प्लाष्टिकमा ४ दशमलव ११ ग्राम खैरो हिरोइन मुखभित्र लुकाई राखेको अबस्थामा प्रहरीले फेला पारेको छ। दुवै जनाले चढेको से ६ प ३४५४ नम्बरको मोटरसाकईल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलसहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया