Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

रेडपाण्डाको पाँच थान छालासहित ३ जना पक्राउ

दाङ – जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित वन्यजन्तु हाब्रे  (रेडपाण्डा)को छालासहित ३ जनालाई पक्राउ गरेको छ । केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ वन्यजन्तु आखेटोपहार रेडपाण्डाको छाला ठूलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री वितरणका लागि दाङ जिल्ला हुँदै काठमाण्डौ तिर लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले हिजो बेलुकी पक्राउ गरेको हो ।

दाङकै राप्ती गाउँपालिका–१ भालुवाङ – प्यूठान सडक खण्डमा जाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित पक्राउ गरि घटना अनुसन्धान अघि बढाएको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका -७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका-३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका-७ बस्ने वर्ष १९ का रामकुमार पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उपरीक्षक काफ्लेका अनुसार पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको छ । लोपोन्मुख हुन लागेको रेडपाण्डा यति ठूलो परिमाणमा मारिनु भनेको यसको अस्तित्व नै थप संकटमा पर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई  थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय दाङमा बुझाउने तयारी गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP