काठमाण्डाै – काठमाण्डौमा पाँच वटा चोरीका मोटरसाइकल र दुई वटा साइकलसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसरले सुरु गरेको अपरेसन बाइक हन्ट अभियानका क्रममा चोरीका पाँच वटा मोटरसाइकल र दुई वटा साइकलसहित पाँच जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावतीका सुरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठ, सङ्खुवासभाको पाँचखपनका योगराज लिम्बु, झापाको बुद्धशान्तिका दिपेश मगर र सुर्खेतको मेलकुनाका विशाल राना रहेका छन् ।
उनीहरुले मोटरसाइकल चोरी गरेर सोरुममा लगेर अरुलाई बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया