भक्तपुर – भक्तपुरमा हिजाे मङ्गलवार राति २ बजेकाे समयमा आठ लाख रुपैयाँसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।
राति २ बजे चाँगुनारायणको नगरकोट गैरीगाउँमा मनबहादुर तामाङको घरमा होहल्ला गरी कौडा खेलिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेर आठ लाख २२ हजार रुपैयाँसहित १३ जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १६ थान कौडा पनि बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया