काठमाडौं : लागुऔषधसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागुऔषधसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-१ बस्ने २३ वर्षीय साहिद रजा र सुनसरी गडी गाउँपालिका-३ बस्ने २३ वर्षीय प्रमोदकुमार मेहता रहेका छन्।
नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरीले बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ७१३२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार साहिदबाट लागुऔषध नाईट्राभेट ६ सय ट्याब्लेट र काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २३१४ नम्बरको बसमा सवार प्रमोदबाट डाईजेपाम २ सय एम्पुल, लुपिजेसिक २ सय एम्पुल र नाईट्राभेट १ हजार ८ सय ५ ट्याब्लेट बरामद गरेको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरबाट करिब ८ ग्राम ६ सय ७० मिलिग्राम लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ, करिब ७ ग्राम १ सय ४० मिलिग्राम सेतो हेरोईनजस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद १ लाख ५६ हजार १ सय २० रूपैयाँ र १ थान एटिएम कार्डसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-१३ बस्ने २५ वर्षीय वर्णबहादुर बोहरा र सोही नगरपालिका-१२ बस्ने २८ वर्षीय भीमा तामाङ रहेका छन्। वर्णबहादुरको कोठामा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले कोठा खानतलासी गर्दा उक्त लागुऔषध फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया