Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

‘लकडाउन’ र कोरोना भाइरस के हो थाहा छैन ? ‘काम गर्न नदिएको देखेर आश्चर्यमा परेको छु’, छाक कसरी टार्ने ?

-प्रकाश नेपाल/ ईलाम । 

कोराना भाइरसको संक्रमणबाट विश्वका हजारौ मानिसहरुले ज्यान गुमाइसक्दापनि कतिपयलाई कोरोना बारेमा जानकारी नै छैन ।

तर उनीहरुलाई देश लकडाउन भएपछि दैनिकी चलाउनका लागि काम गर्न नपाएको गुनासो छ ।

इलामको माइखोलामा ४५ वर्षदेखि एक्लो जीवन बिताइरहेका दोर्जे तामाङलाई अहिलेसम्म कोरोना भाइरसबारे जानकारी छैन ।

देशमा के भइरहेको छ उनलाई केही थाहा छैन । बिहान बेलुका खान पाए उनी सारै खुसी हुन्छन् ।

महामारीको रुपमा फैलिएको कोरोनाबारे थाहा छैन र उनलाई त्रास पनि छैन । पुख्र्यौली घर संखुवासभा बताउने दोर्जेलाई त्यहाँ रहेका सन्तानहरु अहिले कहाँ छन् जानकारी छैन ।

साथमा कोही नभएका उनी पाको शरीर थर्थर काम्दै भएपनि बिहान–बेलुकाको छाक टार्न काममा तल्लिन हुन्छन् । उनलाई काम गरेर बिहान बेलुकाको छाक टार्न पाए सन्तुष्टि मिल्छ ।

केही हप्ता अघिदेखि खोलामा बालुवा र गिटिको काम गर्न नपाएपछि उनलाई आश्चर्य लागेको छ । काम गर्न नपाउनुको कारण समेत उनलाई थाहा छैन ।

काम गर्न नपाएपछि दोर्जेको दैनिकी दयनिय बनेको छ । दोर्जेलाई दयनीय देखेपछि इलाम गोलाखर्कका दिपेश अधिकारीले राहत दिएका छन् । राहत पाएपछि उनि खुसि देखिन्छन् ।

अधिकारीले बाँच्न पाउने अधिकार सबैको भएकाले कोहीपनि खान नपाएर मर्नु नपरोस भनेर राहत उपलब्ध गरेको बताए ।

घर–जग्गासमेत नभएका दोर्जेलाई ओत लाग्नका लागि स्थानीयले खोलाको बगरमा नै छाप्रो बनाइदिएका छन् ।

छाप्रोमा बसेर बालुवा गिटिमा जिवन खोज्ने दोर्जेलाई राज्यले नागरिकता समेत उपलब्ध गराएको छैन ।

जनप्रतिनिधि चुनिए, गाउँगाउँमा सिंहदरबार पुगेको बताउने सरकारले यस्ता ब्यक्तिको उद्धार त के खोजीसम्म गरेको छैन ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP