गुल्मी : १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका छत्रकोट गाउँपालिका ६ का ४३ वर्षीय उमबहादुर नेपाली पक्राउ परेका हुन्। उनी १८ वर्षीय किशोरीलाई गत फागुन २ गते दौघामा रहेको स्थानीय लक्ष्मी नेपालीको गोठमा जबरबस्ती करणी गरी फरार थिए।
नेपालीलाई वैशाख १३ गते घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए।
किशोरीको महिनावारी रोकिएपश्चात घर परिवारले स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षण गर्न लगेका थिए। मेडिकलमा स्वास्थ्य जाँच गर्दा किशोरीको गर्भ रहेको खुलेपछि मात्र बलात्कारको उजुरी परेको प्रहरीले जनाएको छ ।
पक्राउपश्चात् नेपालीलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया