Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

दाङ – दाङको तुलसीपुरमा माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङकाे राजपुर गाउँपालिका ६ खाङ्ग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुलाकाे व्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् ।

यसैगरी सल्यानकाे शारदा नगरपालिका १ की ४९ वर्षीया सावित्रा बुढाथोकी र सल्यानकै कुमाख गाउँपालिका १ की ३० वर्षीया गीता बुढा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

हिजाे आइतवार राति तुलसीपुर उपमहानगरपालिका ६ काे एकान्त होटलमा नक्कली सुन बिक्री/वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट झोलाभित्र लुकाइ राखेको माटोको दुई वटा पक्की इँटा र सुनजस्तो देखिने धातुको टुक्रा एक थान बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP