बारा : एक युवकको हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। जितपुर सिमरा उपमहानगरपालिका २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम पक्राउ परेका हुन्।
प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले उनीहरूलाई बारा जितपुर सिमरा–१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा पक्राउ गरेको बताए।
यही जेठ ६ गते बस्डिल्वास्थित कठोहखोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो। प्रहरीका अनुसार घाँटी रेटी उनको हत्या गरिएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया