Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

दाङमा लाेहाेराे प्रहार गरी श्रीमानकाे हत्या

दाङ – दाङकाे घाेराही उपमहानगरपालिकामा लाेहाेराे प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । अचार पिस्ने लोहाेरो प्रहार गरी घोराही १४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पंकज गुप्ताकाे हत्या गरेको प्रहरीले जनाएको छ । 

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको ज्यान लिएकाे उनले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

‘श्रीमान्–श्रीमातीकाबीच पटक–पटक झगडा हुने गरेको रहेछ’, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले भन्नुभयो, ‘त्यही क्रममा सोमवार बिहान विवादका क्रममा श्रीमतीले लाेहाेराेले प्रहार गर्दा श्रीमानको ज्यान गएकाे रहेछ ।’ प्रहरीका अनुसार उनीहरू घरझगडाकै कारण पटक–पटक प्रहरी कार्यालयमा समेत पुग्ने गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP