काठमाडौं : रामेछापको दोरम्बा गाउँपालिका ३ टोकरपुरस्थित कण्ठेश्वर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक सहित तीन जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका तत्कालीन प्रधानाध्यापक रामबाबु कँडेल, लेखापाल रामलाल कँडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद थापामगर विरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
उनीहरुले विद्यालयका कोषको रकम खर्च गर्दा कानूनकाे पालना नगरी अनावश्यक खर्च भएको भनी अस्वभाविक आधार प्रमाण देखाएर १२ लाख ८४ हजार १२२ रुपैँया हिनामिना गरेको देखिएको अख्तियारका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार समितिका अध्यक्ष मगरले खर्चको आवश्यकतालाई ध्यानमा नराखी विद्यालय कोषको रकम खर्च गर्ने कार्यमा सहमति जनाएको, विद्यालय कोषको नियमन गर्न नसकेको र आफ्नो ओहोदाको कर्तब्य पालना गर्दा सरकारी वा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गर्ने कार्यको मतियार देखिएको छ।
अख्तियारले कानून अनुसार हानीनोक्सानी पुर्याइएको सार्वजनिक सम्पत्तिको बिगो प्रतिवादी तीन जनाबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम असुल उपर गरी कैद सजायको माग गरेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया