Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

६० लाख हिनामिना भएको भन्दै डिभिजन वन कार्यालयमा कर्मचारीले लगाए ताला

रौतहट : डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी मुख्य गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन्। सेवा सुविधा बापत पाउनुपर्ने  करिब ६० लाख रुपैयाँ सम्बन्धित खातामा जम्मा नभएको भन्दै कर्मचारी आन्दोलित भएका हुन्।

१८ महिना देखिको सञ्चय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम दाखिला नगरेको भन्दै आन्दोलनमा उत्रिएको कर्मचारीले बताए ।
जुनियर वन प्राविधिक संघ रौतहटका अध्यक्ष विजयलाल दत्तले कर्मचारीको पाउनुपर्ने सुविधाको रकमका विषयमा पटक—पटक आवाज उठाउँदा समेत सुनवाइ नभएका कारण गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएको बताए।

वन कार्यालयमा कार्यरत ११०कर्मचारीको सेवा सुविधा बापतको झण्डै ६० लाख रुपैयाँ अपचलन गरेको उनको आरोप छ। ‘रकम कर्मचारीको हातमा नपरेसम्म आन्दोलन रोकिँदैन’, उनले भने। वन अधिकृत विमल ठाकुरले यो विषयमा जानकारी गराउँदा डिभिजन वन प्रमुखले बेवास्ता गरेको आरोप लगाए।

यता डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेव यादवले आफूभन्दा अघिल्ला प्रमुखको पालामै कर्मचारीको सेवा सुविधामा समस्या रहेको बताए। कर्मचारीको समस्या समाधानका लागि आफूले लेखा अधिकृत सुदीप गौतमलाई दिएको उनको भनाइ छ।

आन्दोलनको कारण डिभिजन वन कार्यालय मातहतका वन गस्तीदेखि प्रशासनिक कार्य अवरुद्ध भएको छ। कार्यालयमा पुगेका सर्वसाधारणले समेत सेवा पाएका छैनन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP