Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बलात्कार गरी फरार अभियुक्त १० वर्षपछि पक्राउ

काठमाडौं : मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई बलात्कार गरी फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका-१ का ३५ वर्षीय उमाशंकर गिरीलाई आइतबार सोही नगरपालिकास्थित छप्कैयाबाट पक्राउ गरेको हो।

पर्साका डिएसपी ओमप्रकाश खनालका अनुसार गिरीले २०६२ जेठ २ गते मध्यरातमा नामथर र ठेगानासमेत बताउन नसक्ने अवस्थामा रहेकी  २६ वर्षीया महिलालाई बलात्कार गरी भागेका थिए।

प्रहरीको प्रतिवेदन जाहेरीअनुसार उनीविरुद्ध सरकारी वकिलले मुद्दा चलाएर जिल्ला अदालत पर्साले उनलाई सजाय तोकेको थियो। जिल्ला अदालतले २०७० जेठ १७ गते गरेको फैसलाले गिरीलाई ५ वर्ष कैदको सजाय तोकेको थियो।

सजाय कार्यान्वयनका लागि वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले गिरीलाई आइतबार बिहान ११ बजे छप्कैयाबाट नियन्त्रणमा लिई जिल्ला अदालतमा बुझाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP