Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लागु‍औषधसहित फर्पिङबाट एकजना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले फर्पिङबाट लागुऔषधसहित एकजालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागूऔषधसहित बारा कलैया नगरपालिका–९ का २४ वर्षीय इन्ताज अन्सारीलाई सोमबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले कलैयाबाट काठमाडौँ आउँदै गरेको ना१ज ५९५८ नम्बरको भाडाको टाटा सुमो जाँचका क्रममा लागूऔषधसहित अन्सारीलाई पक्राउ गरेको जानकारी दिए।

प्रहरीले डाइजेपाम १९२ एम्पुल, नुर्फिन १९९ एम्पुल, फेनार्गन १९९ एम्पुल बरामद गरेको छ । प्रवक्ता भट्टले घटनामा संलग्न अन्सारीलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP