Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

तत्कालिन गाविस सचिवमाथि भ्रष्टाचारको मुद्दा, ७ लाख ५१ हजार हिनामिनाको आरोप

काठमाडौं : सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालिन सचिव ध्रुव नारायण झाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। 

उनीमाथि ७ लाख ५१ हजार बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। गाविसमा विभिन्न योजना कार्यन्वयन एवम् सेवा प्रवाहमा अनियमितता गरेको उजुरीमाथि अनुसन्धान गर्दा झाले विभिन्न सात लाख ५१ हजार रुपैंया विभिन्न व्यक्तिको नाममा निकालेको पुष्टि भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

अख्तियारले झा विरुद्ध लगाएको मुद्दामा ऐन अनुसार पाँच लाख रुपैंया भन्दाबढी १० लाख रुपैयाँसम्म जरिवाना र एक वर्ष ६ महिना देखि दुई वर्ष ६ महिनासम्म सजायको माग गरिएको छ।

दर्ता गरिएको मुद्दामा झा माथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को अनुसार सोही ऐनको दफा ३(१)  र (१) को ङ बमोजिम जरिवाना र कैद सजाय हुन माग गरिएको छ। साथै हिनामिना भएको रकम असुल गर्न पनि माग गरिएको छ। 

ऐनको दफा १७ मा कुनै राष्ट्रसेवकले आफ्नो ओहदाको वा सो सम्बन्धी कर्तव्य पालन गर्दा नेपाल सरकार वा सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही वा बदनियत गरी हिनामिना, हानी नोक्सानी वा दुरुपयोग गरे/गराएमा वा मासेमा वा नीजि प्रयोगमा लगाएमा कसुरको मात्रा अनुसार दफा ३ बमोजिम सजाय हुने व्यवस्था गरेको छ ।

साथै त्यसरी हिनामिना, हानी नोक्सानी वा दुरुपयोग गरेको वा मासेको वा मास्न दिएको सम्पत्ति पनि निज बाटै असुल उपर गरिने व्यवस्था छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP