Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

किसानलाई दिने अनुदानमा ४७ लाख भ्रष्टाचार, सात जनाविरुद्ध मुद्दा

काठमाडौं: किसानलाई दिने अनुदानमा अनियमितता गर्ने सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर भएको छ। 

४७ लाख ३७ हजार ६ सय २९ रुपैयाँ अनियमितता गरेको अभियोगमा पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालय, हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत, वरिष्ठ पशु चिकित्सक, कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष र कन्सलटेन्सीका सञ्चालकसमेत ७ जनाविरुद्ध मुद्धा दायर भएको हो।  पशु हाटबजारका लागि किसानलाई दिइने अनुदानमा अनियमिता गरेको आरोप उनीहरु विरुद्ध लगाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

कार्यक्रम निर्देशक क्षेत्री, लेखा अधिकृत बँजगाई र वरिष्ठ पशु चिकित्सक पूजा शर्माले आ.व. २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत् तेह्रथुमको म्याङलुङ नगरपालिका ५ स्थित जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यको अस्वाभाविक दोस्रो वा अन्तिम रनिङ बिलको भुक्तानी स्थलगत अनुगमन र नापजाँच बिना आफुहरुलाई फाइदा हुनेकार्य गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

उनीहरुले नेपाल सरकारलाई रु.४७ लाख ३७ हजार ६२९ हानी पु¥याउने गलत मनसाय राखी वदनियतपूर्ण तवरले निर्माण सम्पन्न गरेको कार्यभन्दा बढी कार्य गरेको देखाई बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले उनीहरुमाथि सोही रकम बराबरको बिगो कायम गरी कैद तथा बिगो बमोजिमको जरिबाना हुन माग गरिएको छ।

पशुहाटबजार निर्माण कार्यमा हुँदै नभएको कामको बढी बिल भरपाई पेश गरी सोही विल भरपाईको आधारमा बढी रकम भुक्तानी लिने किराँत याकथुम चुमलुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा  र कोषाध्यक्ष गणेश बहादुर सोदेम्बालाई पनि अख्तियारले विपक्षी बनाएको छ।

अनियमिततामा लाइफ टाइम इन्जिनियरिङ सोलुसन प्रा.लि काठमाडौंका सञ्चालक रोशन भट्टराईले पनि वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको कार्य सम्पन्न मूल्याङ्कन प्रतिवेदन बनाई तथा नगरेको कुरा भए गरेको भनी गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेकाले विपक्षी बनाएको अख्तियारले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP