विराटनगर : युरेनियम जस्तो देखिने पदार्थसहित दुई वटा गिरोहका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
छुट्टा छुट्टै स्थानबाट दुईवटा समूहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
विक्रीका लागि आएकाहरुलाई विराटनगरको दुई स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए।
प्रहरीका अनुसार साउन १ गते एक किलो ८७.३ ग्रामसहित विराटनगर– ९ ट्राफिक चाेकबाट ८ जना र साउन ३ गते विराटनगर महानगरपालिका– ३ स्थित दूध फारम नजिकैबाट ९७८.६ ग्रामसहित सात जनालाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट बरामद भएको वस्तु परीक्षणका लागि पठाइएको बताउँदै उनले भने, ‘पक्राउ परेकाहरु भरिया हुन्, नाइकेको खोजी हुँदैछ’। पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया