Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सामूहिक बलात्कार गरी हत्या गर्ने १२ बर्षीय बालकसहित तीन पक्राउ

र्सा : सामूहिक बलात्कार गरी चार वर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने १२ वर्षीय नाबालक सहित तीन अभियुक्त पक्राउ परेका छन्। 

पर्साको वीरगञ्ज महानगरपालिका स्थित बजारक्षेत्रबाट गत बिहीबार साँझ बेपत्ता भएकी ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने चारमध्ये नाबालकसहित तीन अभियुक्त पक्राउ परेका हुन् । 

उनीहरुलाई पर्सा प्रहरीले अनुसन्धानका क्रममा शनिबार नियन्त्रणमा लिई आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएको छ। बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले शुक्रबार बिहान बालिकाको शव वीरगञ्ज २ छपकैया स्थित खाली जग्गाको झाडीमा फेला पारेको थियो। 

पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले स्थानीय १२ वर्षीय बालक सहित वीरगञ्ज १६ का १८ वर्षीय सलमान खान, वीरगञ्ज २ का १९ वर्षीय जफ्रुदिन भनिने सलमान खानलाई नियन्त्रणमा लिएको बताए। पहिचान खुलिसकेको अर्काे एक अभियुक्त भने फरार रहेका उनले बताए। 

उनीहरूले बालिकालाई बलात्कार गरी मुखमा केही गर्हुंगो वस्तुले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।  ​अभियुक्तहरुलाई जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुर मुद्दामा थप कारबाहीअघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP