काठमाडौं : ४ लाख रूपैयाँभन्दा बढी घुस रकमसहित पक्राउ परेका इन्जिनियर नविन डाँगीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर डाँगीविरुद्ध ४ लाख ६ हजार ५०० रूपैयाँ बिगो जफत गर्न माग गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर डाँगीलाई गत असार २४ गते ५० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा उनले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार गरी अन्तिम भुक्तानीको लागि फाइल पेश गरीदिने भन्दै सेवाग्राहीबाट घुस लिएको पाइएको छ।
घुस रकम ५० हजार खानतलासी गर्ने क्रममा थप ३ लाख ५६ हजार ५०० रूपैयाँसमेत बरामद भएको थियो।
उक्त रकमसहित काम गरिदिए बापत सेवाग्राहीबाट लिएको खुलेको तथा सो रकमको स्रोत खुलाउने प्रमाण पेश गर्न नसकेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार इन्जिनियर डाँगीबाट घुस रकम बराबरको बिगोसहित कैद र जरिवानासहित सजायको माग गरिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया