काठमाडौं : प्रहरीले तुरुन्तै राहदानी बनाइदिने भन्दै ठगी गर्ने ४ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्चीका ३३ वर्षीय रामबहादुर बोगटी, हेलम्बु गाउँपालिकाका २२ वर्षीय राम पौडेल, धनकुटा पाख्रिवासका २८ वर्षीय श्यामकुमार राई र काठमाडौं गोकर्णेश्वरका ४१ वर्षका विवेक गुरुङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएका सेवाग्राहीलाई एकै दिनमा राहदानी बनाइदिने भन्दै ठगी गर्ने गरेका थिए। प्रहरीले गोप्य सूचना पाएलगत्तै बिहीवार प्रहरीवृत्त कालिमाटीबाट टोली खटिएको थियो।
राहदानी विभागमा पुगेका प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट ३२ थान विभिन्न व्यक्तिका नाममा भरिएका अनलाइन फारम, ३ थान ल्यापटप, एक थान प्रिन्टर र ३ वटा मोबाइल बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका उनीहरूमाथि लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ४ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको छ। उनीहरूले अन्य व्यक्तिलाई समेत ठगी गरेको हुनसक्ने भन्दै पीडितहरू भए प्रहरीवृत्त कालीमाटीमा जाहेरी दिन प्रहरीले अनुरोध गरेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया