Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

भारतमा एकैदिन ३ हजार ९ सयमा कोरोना संक्रमण

एजेन्सी । भारतमा एकैदिन थप ३ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमण देखिएयता पहिलो पटक एकैदिन धेरै जनामा संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३३ पुगेको छ । यसअघि भारतमा मे ३ मा एकैदिन २ हजार ६ सय ४४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट भारतमा १९५ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५ सय ६८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १२ हजार ७ सय २७ जना निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा सोमबार मात्रै ८२ हजार ७ सय ९२ जनाको परीक्षण गरिएको थियो । अहिलेसम्म भारतमा करिब १२ लाखको कोरोना परीक्षण गरिएको छ । सबैभन्दा बढी संक्रमण महाराष्ट्र, गुजरात र दिल्लीमा देखिएको छ । राजधानी दिल्लीका सबै ११ जिल्लालाई रातो क्षेत्र अर्थात् उच्च जोखिम वर्गीकरण गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP