माक्र्सबादको प्रतिपादन पछि जव लेनिनको नेतृत्वमा सोभियत संघमा अक्टुवर क्रान्ति सम्पन्न भयो त्यस पछि मात्र सरकार निर्माण र संचालनको तहमा माक्र्सबादको अभ्यास शुरु भएको हो । त्यस पुर्व सन् १८७१ मा भएको पेरीस विद्रोह माक्र्सबादी सिद्धान्त र संगठनको आधारमा भएको थिएन त्यसैले कार्ल माक्र्सले विद्रोहको समर्थन गरेका थिएनन् तर विद्रोह सम्पन्न भए पछि भने विद्रोहले स्थापना गरेको परिवर्तनलाई बचाउनका लागि दत्तचित्त भएर लागेका थिए । ७२ दिनमा विद्रोह दबाईयो, विद्रोहले संशार भरी एउटा नयां जागरण पैदा गर्नुका साथै कार्ल माक्र्सले सर्वहारा वर्गीय अधिनायकत्वको सिद्धान्त पर्तिपादन गरे ।
सोभियत रुषमा लेनिनको नेतृत्वमा अक्टुवर क्रान्ति सम्पन्न भयो । सोभियत संघको निर्माण भयो । संशार भर कम्युनिस्ट आन्दोलन फैलियो । सन् १९७० को दशक सम्म आउंदा संशारको निकै ठूलो भूभागमा कम्युनिस्ट शासन व्यबस्था स्थापना गरियो र बांकी प्राय सबै देशमा कम्युनिस्ट पार्टी स्थापना भए । माक्र्सबाद प्रतिपादन पछिको यो १७० वर्षको इतिहासमा साम्राज्यबादी उपनीवेशमा रहेका उत्पीडित राष्ट्रहरुले उन्मूक्ति पाए । संशार भरका सर्वहारा–श्रमिक वर्गले मूक्तिको आशा–अभिलाशामा जीवन जिउन पाएका छन् र कतिपय देशमा मूक्ति र परिवर्तनको यहशास गर्न पनि पाएका छन् । मुख्यतया कम्युनिस्ट सिद्धान्त अर्थात माक्र्सबादी सिद्धान्त सर्वहारा–श्रमिक वर्गको मूक्ति र परिवर्तनको सिद्धान्त हो, नीजि स्वामित्व, वर्ग र राज्यसत्ताको अन्त्यको सिद्धान्त हो ।
माक्र्सबादीहरु अर्थात कम्युनिस्टहरु राज्य सत्तामा पुग्ने दुईबटा बाटा छन् । पहिलो पूंजीपतीवर्गको राज्य सत्ता बलजफ्ती कब्जा गर्ने र दोस्रो पूजीपती वर्ग संग निर्वाचनमा प्रतिस्पर्धा गरेर उनीहरुलाई जनमतद्धारा परास्त गरी शासन व्यबस्थामा पुग्ने । पछिल्लो समयमा दोस्रो तरिकाबाट कम्युनिस्टहरु शासन व्यास्थामा पुगेका देखिन्छन् । नेपालमा पनि निर्वाचनमा प्रतिस्पर्धा गरेर यहांको वुर्जुवा पूंजीपती वर्गलाई परास्त गरि कम्युनिस्ट सरकार निर्माण भएको हो । निर्वाचनमा नेपालको कम्युनिस्ट पार्टीले हाशिल गरेको जनमत संशार कै कम्युनिस्ट इतिहांसमा सबै भन्दा धेरै हो । नेपाल कम्युनिस्ट पाटी (नेकपा) ले संशारमा रेकर्ड राख्ने गरि जनमत हाशिल गर्नुका पछाडि रहेको मुख्य कारण यस पार्टीको गौरवपूर्ण इतिहास हो । जुन इतिहास संशारका कमै कम्युनिस्ट पार्टीले बनाएका छन् । दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरु मध्य सबै भन्दा स्वर्णिम इतिहास नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्माण गरेको छ । यस इतिहासका आधारमा जनताले यस पार्टीलाई विश्वास गरेको देखिन्छ । जन–विश्वासको अर्को मूख्य कारण जनता नेपालमा कम्युनिस्ट साशन चाहन्छन् जुन साशनले देशलाई समृद्ध बनाओस, जनतालाई सुखी बनाओस र सबै खालका विभेदहरुको अन्त्य गरोस् । अर्थात नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपालमा माक्र्सबादको सही अभ्यास गरोस् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार निर्माण भएको दुई वर्ष पुरा भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यो सरकार गठन भए पछि देशमा बिकासका नयां सुचाङ्क निर्माण भएका छन् । देशको कुल ग्रायस्थ उत्पादन बृद्धि दर ७.१ प्रतिसतले बडेको छ । भौतिक बिकासको गति पनि तिब्र भएको छ । देशमा शान्ति सुरक्षाको स्थिति पनि मजवुत बनेको छ । अघिल्ला सरकारका तुलनामा यो सरकारले राम्रै गरेको अनुभूति जनताले गरेका छन् । यति मात्र यो सरकारका लागि प्रयाप्त भने छैन । किनकि यो सरकार कम्युनिस्ट सरकार हो । यो सरकार गरीव जनताको जीवन परिवर्तनका लागि उनीहरुले भोट हालेर निर्माण गरेको सरकार हो । यो सरकारको अहम दायीत्व देशको आर्थिक – भौतिक बिकास गर्दै समाजमा रहेका सबै खाले शोषण र विभेदमा आधारित राज्य संरचना समाप्त पारी नयां राज्य व्यबस्थाका लागि आबस्यक संरचना निर्माण गर्नु हो ।
यो सरकारको मुख्य दायीत्व नेपालको कम्युनिस्ट सरकार संशार कै रोल मोडेल बनाउनु हो । सशस्त्र क्रान्तिबाट स्थापित कम्युनिस्ट सरकारहरुले माक्र्सबादी सिद्धान्त अभ्यासमा एक खालको पहिचान बनाएका छन् । सन् १९७० को दशकमा ४२ देशमा रहेको कम्युनिस्ट शासन अहिले ५ देशमा मात्र रहेको छ । कम्युनिस्ट साशन स्थापना गर्ने सशस्त्र क्रान्तिको सत्ता कब्जा गर्ने तरिका अबको समयमा अशान्दर्भिक भएको छ । शान्तिपूर्ण संघर्षको तरिका उपयुक्त तरिका बन्न पुगेको छ । यही तरिका अन्तर्गत चुनावी प्रतिस्पर्धाबाट झण्डै दुई तिहाई बहुमतको कम्युनिस्ट सरकार निर्माण भएको नेपालको पहिलो उदाहरण हो । अब संशारमा कम्युनिस्ट क्रान्तिहरु शान्तिपूर्ण तरिकाले पनि संभव भएको पुष्टि गर्ने र संशार भरीका उत्पीडित जनतालाई नयां उदाहरण प्रस्तुत गर्ने अबसर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्राप्त गरेको छ । यो अबसरलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चुकायो भने संशार भर आशाको द्यबिियत च्भखयगितष्यल असफल रहेको शन्देश पुग्ने छ र नेपालको शन्दर्भमा माक्र्सबादी सिद्धान्त काल्पनिक सिद्धान्तमा रुपान्तरण हुने छ । अब उप्रान्त नेपालमा कम्युनिस्ट पार्टीलाई जनताले मतदान गर्ने छैनन् र नेपालको कम्युनिस्ट आन्दोलनको नियती भारतीय कम्युनिस्ट आन्दोलनको जस्तो हुने छ ।
नेपाली कम्युनिस्ट आन्दोलनले प्राप्त गरेको यो सफलता र यसका चुनौतिका शन्दर्भमा पार्टी पङित भने त्यति गंभिर देखिंदैन । सैद्धान्तिकरुपमा हाम्रो कम्युनिस्ट आन्दोलन निकै ठुलो अलमलमा रहेको देखिन्छ । कम्युनिस्ट पार्टी र यसद्धारा संचालित सरकारका गतिबिधि हेर्दा हामी माक्र्सबादको अभ्यासमा छौं कि नवउदारबादको अभ्यासमा छौं ? हामी कम्युनिस्ट नै हौं कि वुर्जुवा पुंजीबादी हौं ? सचेत जनताको तहबाट यी प्रश्नहरुको सकरात्मक उत्तर पाउन मुस्किल छ । सिद्धान्त, संगठन, संघर्ष र सिर्जनात्मकतामा देखिएका समस्या नै आजको नेपाली कम्युनिस्ट आन्दोलनका मुख्य समस्या हुन् । माक्र्स, लेनिन र माओले प्रतिपादन गरेका सिद्धान्त मात्र अप्रयाप्त भैरहेको आजको शन्दर्भमा ती सिद्धान्तहरुको मूल मान्यता समेतलाई अवलम्वन गर्न असक्षम देखिएको नेपालको कम्युनिस्ट आन्दोलन ब्लबचअजष्कm को सिकार भएको छ । नयां परिस्थिति अनुसार सिद्धान्त निर्माण र त्यहि अनुरुपको अभ्यास आजको कम्युनिस्ट आन्दोलनको मुख्य कार्यभार हो । यतातिरको काममा हाम्रो ध्यान छैन भन्दा अतिशयुक्ति हुंदैन ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई यो उचाईमा ल्याउनका लागि आज नेतृत्वमा रहेका नेताहरुको निकै ठूलो भूमिका छ । यसमा दुईमत छैन तर यो खालको सफलता प्राप्त गरे पछि अबको लक्ष के हो र त्यो कसरी प्राप्त गर्ने भन्नेमा हाम्रो नेतृत्वको ध्यान पुगेको देखिदैन । नेपालको कम्युनिस्ट आन्दोलन अहिले एतिहासिक टर्निङ पोइन्टमा पुगेको छ । कम्युनिस्ट आन्दोलनको आजको नेतृत्वले सचेतनता अपनायो, हिजको कष्ट भुलेन, आन्दोलनमा भएको बलीदानलाई आत्मसाथ ग¥यो र माक्र्सबादका मूलभूत मान्यतालाई अवलम्वन गर्दै थप नयां सिद्धान्तको बिकास गरी नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बडायो भने हाम्रो कम्युनिस्ट आन्दोलन संशारको रोल मोडेल बन्ने छ तर अहिले देखिएको गन्जागोल तरिका केही समय रही रयो भने नेपाली कम्युनिस्ट आन्दोलनको अबशान धेरै टाढा जाने छैन । त्यसकारण कम्युनिस्ट आन्दोलनलाई माक्र्सबादी दर्शन र लेनिबादी संगठन सिद्धान्तको फ्रेम भित्र संचालन गर्न, आजको उत्पादक शक्ति र सम्बन्धमा आएको परिवर्तनलाई मध्यनजर गर्दै थप सिद्धान्तको बिकास गर्न हाम्रो नेतृत्व चुक्नु हुन्न । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तो रवैया कम्युनिस्ट आन्दोलनमा क्षम्य हुने छैन । पार्टीमा देखिएको समस्याको समाधान पार्टी भित्र अनेक गुट निर्माण गरेर हुंदैन । जनबादी केन्द्रीयताको लेनिनबादी सिद्धान्त अन्तर्गत पार्टीलाई अघि बडाउन जरुरी छ । सरकारका नीति, कार्यक्रम र कार्ययोजना निर्माणमा सिद्धान्तको उपयोगलाई ध्यान दिन जरुरी छ । पार्टीको नीति, कार्यक्रम र कार्यदिशाकाकाबारेमा नेता–कार्यकर्ता प्रशिक्षित हुन जरुरी छ । सिंगो पार्टी पङतिलाई राष्ट्र निर्माणमा लगाउन जरुरी छ । पार्टी पङ्तिको ध्यान माक्र्सबादी सिद्धान्तको सही अभ्यास, यसको थप बिकास र राष्ट्र निर्माणमा लगाउनु आजको समयको माग हो । नेपाली कम्युनिस्ट आन्दोलनलाई रोलमोडेल बनाउन लागौं अन्यथा, इतिहासले सिक्न बाध्य गर्दैन तर नसिक्नेलाई माफि पनि गर्दैन भन्ने उक्ति हामीमा पनि लागु हुने छ । –शुरामणि बेलबासे
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया