Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

जंगली च्याउ खाँदा अर्घाखाँचीमा आमाछोरीको ज्यान गयो

अर्घाखाँची – भुमिकास्थान नगरपालिका वडा नम्बर-६, खिल्जीमा जंगली च्याउ खाँदा आमा छोरीको ज्यान गएको छ । 

आइतबार ज्यान गुमाएकी रामकला महत्राकी ७ वर्षीय छोरी बिपा महत्राको उपचारको क्रममा सोमबार राति ज्यान गएको हो । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जनामध्ये ३० वर्षीया रामकला महत्राको गएको आइतबार उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा ज्यान गएको थियो ।

छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा सोमबार राति ज्यान गएको मृतकका मामा हुमबहादुर रायमाझीले बताउनु भयो । 

जंगली च्याउ खाँदा आमाछोरीको दुई दिनको अन्तरमा ज्यान गएको छ । च्याउ खानेमध्ये लालसरी महत्रा र लक्ष्मी महत्रा बिरामी छन् । दुवै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनु भयो । 

च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधि किनेर खाएका थिए । समस्या झन् बढेपछि मात्र उनीहरु शनिबार अर्घाखाँची अस्पताल आएका थिए । 

समस्या जटिल देखिएपछि बुटवल रिफर गरिएकोमा दुई जनाको ज्यान गएको र दुई जनाको उपचार भइरहेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो  ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP