काठमाडौँ । बुद्धजयन्तीका अवसरमा आज दिपावली गर्नु पर्ने आफ्नो प्रस्तावलाई सरकारले स्विकृत गरिदिएको भन्दै नेपाली काँग्रेस नेता डा. चन्द्र भण्डारीले सरकारलाई धन्यवाद दिनुभएको छ । बुद्धजयन्तीका दिन दिपावली गर्ने प्रस्ताव आफुले सवैभन्दा पहिले यही वैशाख १७ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकमा राखेर र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आग्रह गरेको उहाँले बताउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ, “यही वैशाख १७ गते बसेको नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठकमा बुद्ध जयन्तीका अवसरमा दीप प्रज्वलित गरी ‘विश्व बन्धुत्व र वसुधैव कुटुम्बकम् ‘का पक्षमा उभिन मैले केन्द्रीय सभापतिसमक्ष गरेको प्रस्तावलाई सञ्चार जगत र सामाजिक सञ्जालले महत्वसाथ प्रकाशित गरेकै हुन् । मैले यो अभियानलाई प्रधानमन्त्रीसमक्ष पनि अनुरोध गरेँ ।”
उहाँले आफ्नो प्रस्तावलाई सरकारले स्विकृत गरेकोमा प्रशन्नता व्यक्त गर्दै लेख्नुभएको छ, “प्रजातन्त्रको सौन्दर्य भनेकै सर्वसाधारणले गरेका राम्रा र रचनात्मक सुझाव ग्रहण गर्नु हो, यसै कुरालाई मनन गरी सम्माननीय प्रधानमन्त्रीले मन्त्रीपरिषदबाट निर्णय गराइ आज दीपप्रज्वनको अनुरोध सम्पूर्ण नेपालीलाई गर्नु भएकामा हार्दिक आभार प्रकट गर्दछु ।”
विश्वमा मानवता र शान्तिका तारा गौतम बुद्धको २५६४ औँ जयन्ती कोरोनाले आक्रान्त आजको विश्वका लागि शान्ति सद्भाव र सहअस्तित्वको सुन्दर बिहानी भएको उहाँको भनाई छ । विश्वमै चौथो धेरै जनसङ्ख्या अर्थात् झण्डै ३५करोड बढीले आत्मसात गरेको बुद्धधर्म मानव जातिका लागि सदैव आकर्षक र समभावको पर्याय बनेको काँग्रेस नेता डा. भण्डारीले उल्लेख गर्नुभएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया