काठमाडौँ – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाको पूर्व निर्धारित स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावबारे दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नजुटेपछि स्थायी कमिटि बैठक स्थगित भएको हो । गत वैशाख २० गते बसेको पार्टी सचिवालय बैठकले भोलि अर्थात वैशाख २५ गते स्थायी कमिटीको बैठक डाक्ने निर्णय गरेको थियो।
तर उक्त बैठकमा पेश हुने राजनीतिक प्रतिवेदनमा दुई अध्यक्षबीच सहमति नजुट्दा आज साँझ बसेको सचिवालय बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटिको बैठकबारे के गर्ने भन्ने विषयमा दुई अध्यक्षबीचको छलफलले टुंगो लाग्ने जानकारी दिनुभएको थियो।
तर दाहाललाई ओलीले स्थायी कमिटी बैठक अहिले आवश्यक नरहेकोले केही समयपछि डाँकौला भनेर निराश पारेको श्रोतले बताएको छ ।
राजनीतिक प्रतिवेदनसहित स्थायी कमिटी बैठकका अन्य एजेण्डा तय गर्न पाँचदिनदेखि दुवै अध्यक्षको दौडधुप चलेपनि सहमति जुट्न नसकेको हो । पार्टीमा एक व्यक्ति एक प्रमुख जिम्मेबारीको विषयलाई स्पष्ट रुपमा कार्यान्वयन गर्ने गरी राजनीतिक प्रस्ताव तयार पार्नुपर्ने प्रचण्डको अडान ओलीले नमानेपछि २० गतेको सहमति भाँडिएको छ।
एक व्यक्ति एक प्रमुख जिम्मेबारीको प्रस्तावबारे सचिवालय बैठकमा चर्काचर्की परेपछि अध्यक्ष ओली बैठकस्थलबाट झोक्किँएर हिँडेका बताइएको छ । बैठकमा बस्न नसक्ने जानकारी गराएर ओली बाहिरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया