काठमाडौं । सत्तारुढ नेकपाका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसन) तथा पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान सुरु भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलले शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले दिएको अपहरण मुद्दाको जाहेरीबारे जानकारी गराएपछि अनुसन्धान सुरु भएको हो ।
समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको जाहेरी दर्खास्त काठमाडौं प्रहरीलाई पठाइएको सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले बताउनुभयो।
सरकारी वकिलले जाहेरी पठाएपछि ‘सांसद अपहरण’ प्रकरणमा अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताउनुभयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया