काठमाडौं : भिसाका लागि औँठाछाप दिन काठमाडाैंकाे ठमेलस्थित छायाँसेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन मिच्न नदिने सुरक्षाकर्मी पक्राउ परेका छन्।
मन्त्री श्रेष्ठलाई लाइन नमिचिदिन अनुराेध गर्दा सुरक्षाकर्मी शेरजंग गुरुङ पक्राउ परेका हुन्।
गुरुङकाे साेही व्यवहारका कारण उनलाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले बताए।
मन्त्री सचिवालयका अनुसार मन्त्री श्रेष्ठ पहिलेनै खबर गरेर छायाँसेन्टर पुगेका थिए। मन्त्री हुनुहुन्छ भन्दाभन्दै गुरुङले जो भएपनि लाइनमा बस्नुपर्छ भनेपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको हो।
गुरुङलाई अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया