रुपन्देही । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मोगलहा गाँउमा गाई तस्करले गए राति १२ बजे ट्रकमा लोड गरिरहेको बेला गाँउका युवाहरुले गाईसहित पिकअपमा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
युवाले लु १ च ६०६१ नम्बरको गोरुसहित पिकअप नियन्त्रणमा लिएको जनाइएको छ । चलाक र गाई तस्कर भने फरार भएका छन् । फरार चालक र तस्करको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय प्रमुख युवराज जंग कार्कीले जानकारी दिए ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पटक पटक गाई तस्कर नियन्त्रण भए पनि प्रभावकारी हुन सकेको छैन । गाईतस्कर र गौहत्यासमेत बर्षेनी भँइरहँदा पनि प्रशासनको लापरवाही र गैर जिम्मेवारका कारण गाई तस्कर र गाईहत्या फष्टाएको स्थानियको भनाई छ । यसकारण लुम्बिनी नै गाई तस्करको अखाडा बन्दै गएकोे छ ।
केही समय पहिला लुम्बिनी इलाका प्रहरीलाई खबर गराउँदा गोरु तस्करबारेमा बुझ्दा आफ्नो कार्य क्षेत्रमा पुर्णरुपमा गोरु तस्कर नियन्त्रण भइसकेको इलाका प्रहरीका कार्यालय प्रमुख युवराज जंग कार्कीले बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया