Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

१२ सय करोडको लागुऔषधसहित २ अफगान नागरिकलाई पक्राउ

काठमाडौं : भारतको दिल्ली प्रहरीले सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ। 

करिब १२ सय करोड बराबरको ३ सय १२ किलो मेथाम्फेटामाइन लागुऔषधसहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको छ। त्यसैगरी उनीहरूबाट १० किलो शुद्ध हेरोइन समेत बरामद गरेको छ।

आरोपीहरूलाई नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकैको मेथापुर रोडबाट पक्राउ गरिएको हो। 

सन् २०१६ देखि भारतमा बस्दै आएका २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिमलाई विदेशबाट सञ्चालित लागुऔषध तस्करको ठुलो मात्रा दिल्लीमा ल्याइने भएको सूचना पाएपछि दिल्ली प्रहरीले पक्राउ गरेको बताएको छ।

एसीपी ललित मोहन नेगी र हृदय भूषणको नेतृत्वमा रहेको टोलीले इन्स्पेक्टर विनोद कुमार बडोला र इन्स्पेक्टर अरविन्द कुमार र एसआई सुन्दर गौतम र एसआई यशपाल सिंहको सहयोगमा ती व्यक्ति पक्राउ गरेको हो।

दुई अफगानी नागरिकलाई पक्राउ गर्दै अन्तरराष्ट्रिय सिंथेटिक लागुऔषध कारोबारीको पर्दाफाश गरिएको प्रहरीको दाबी छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP