काठमाडौं : क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुइ जना कैदीबन्दी फरार भएका छन्।
उपचारका लागि भर्ना भएका बन्दी २८ वर्षका मञ्जिल गुरुङ र कैदी २८ वर्षकै राजकुमार हेमरम फरार भएका मोरङका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार झापा शिवसताक्षी गाउँपालिका–५ का हेमरम जबरजस्ती करणी मुद्दाका कैदी हुन् भने विर्तामोड बस्ने गुरुङ भने लागूऔषध मुद्दामा पुर्पक्षका लगि थुनामा थिए ।
जिल्ला कारागार झापामा रहेका उनीहरूमा क्षयरोग देखिएपछि गत असार र भदौमा विराटनगरस्थित निवारण संस्थामा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा उनीहरू आज बिहानै फरार भएका हुन्।
फरार भएका कैदी र बन्दीको खोजी तिव्र पारिएको मोरङ प्रहरीले जनाएको छ। उनीहरूको सुरक्षामा खटिएका प्रहरी हवल्दार र जवान माथिपनि छानबिन भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया