Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

‘सीमाका विषयमा प्रधानमन्त्रीले जग हसाउने हैन, भारत र चीनसँग कुरा गर्नुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लामो समयदेखि जारी नेपाल—भारत सीमा विवाद समाधानका लागि सरकारले भारत सरकारसँग मात्र नभई चीन सरकारसँग पनि गहन ढंगले प्रमाणसहित वार्ता गर्नुपर्ने बताउनुभएको छ । उहाँले एक दुई पटकका वार्ता र भारतसँग मात्रै गरेको वार्ताले समस्याको समाधान नहुने भन्दै त्रिदेशीय सहमतिमा नै सीमा विवाद सुल्झने बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै कोइरालाले सुगौली सन्धीमा लिम्पियाधुरा महाकाली नदीको मुहान हो भन्ने प्रस्ट नगरेको र कालीनदी नेपाल—भारतको सीमा हुने भनेकाले यस विषयमा गम्भिर ढंगले प्रमाणहरुसहित प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग चरण चरणमा वार्ता गर्नुपर्ने बताउनुभयो ।

कोइरालाले ६५ वर्ष अघि २०१२ सालदेखि भारत र चीनले पटक पटक लिपुलेकबाट धार्मिक पर्यटक भित्राउने र व्यापार गर्ने भनेर सम्झौता गर्दै आएकाले भारतीले लिपुलेकमा सडक बनाउनु पनि यसैको परिणाम भएको बताउनुभयो । उहाँले भारत र चीनबिच धेरै अगाडी देखि सहमति हुँदै आएपनि नेपाल सरकारले कुरा उठाउन नसकेको भन्दै अब भारत र चीन दुवै देशका प्रमुखहरुसँग प्रधानमन्त्री आफैले वार्ता गर्नुपर्ने बताउनुभयो ।

डा. कोइरालाले सडकमा आन्दोलन गरेर सीमा विवाद समाधान नहुने भएकाले भएका प्रमाणहरु खोजेर भारतसँग कुटनीतिक सम्बन्ध बढाउनुपर्ने बताउनुभयो । परराष्ट्रमन्त्रीले संसदमा पहिले नै थाहा थियो भने पनि प्रधानमन्त्रीले आफुलाई थाहा नभएको भनेर वैदेशिक कुटनीति कम्जोर हुनेगरी जग हसाएको उहाँको भनाइछ ।

कोइरालाले भन्नुभयो,‘ सीमा विवादका विषयमा भारतले नेपालसँग कुरा गर्नुपर्छ । गर्दैन भन्ने विषय नै आउदैन । छिमेकी हो विवाद हुन्छ । त्यसैले कूटनीतिक बार्ता मात्रै हो नेपाल भारत सीमा का विषय मिलाउने भनेको । दुई देशबिचमा उचित ढंगको वार्ता नहुँदा नेपाल र भारतबिच धेरै विवाद छ सीमामा । बार्ता भइरहेको पनि छ । मोदी र ओलीबिचमा बार्ता हुनुपर्छ । लामो छलफल डकुमेन्ट राखेर गर्नुपर्छ । चीन र भारतसंँग ओलीले बार्ता गर्नुपर्छ । चीन पनि बोल्नुपर्छ । चीनले केहि बोल्छ’।

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमले कोरोनाको महामारीबाट मुक्ति पाउन कठिन हुने भन्दै सरकारकै कम्जोरीका कारण नेपालमा कोरोना संक्रमणले भयावह रुप लिने दावी गर्नुभयो । कोरोनाका कारण दुई जनाको मृत्यु भएको तर, दुवै अस्पतालमा उपचार नपाएकाले लकडाउन भरी कुनै पुर्वाधार र आवस्यक सामाग्रीको बन्दोबस्त नगरी सरकार सुतेर बस्दा भयावह स्थिति आउने खतरा बढेको बताउनुभयो ।

कोइरालाले भन्नुभयो,‘ सरकारले ल्याएको नीति तथा कार्यक्रम हैन । यसमा न नीति छ न कार्यक्रम छ । कोरोनाको महामारिमा पौने ३ घण्टाको अनावस्यक विषय ल्याउने काम थिएन । कोरोना कसरी हटाउने, श्रमिकहरुलाई के गर्ने, स्वास्थ्य क्षेत्रको विकास र पुर्वाधार कसरी बढाउने र राहत दिनुपर्ने क्षेत्र कुन हुन भनेर हेर्नुपर्ने थियो । आएन । पानी जहाजका र रेलको के आवस्यक छ । २० प्रतिशतले रेमिटेन्स घट्छ । पर्यटन शुन्यमा झर्छ । कोरोना आएको बेला सुकुम्बासी आयोग बनाएर कार्यकर्तालाई जागिर खुवाउने कार्यक्रम ल्याएर हुन्छ’ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP