Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

एसीसीबारे देउवालाई भीम रावलको जवाफः ‘महाकाली सन्धीका बेला पनि यस्तै भन्नुहुन्थ्यो’

काठमाडौं । सत्तारुढ नेकपाका सांसद भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छिटो पारित गर्नुपर्छ भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको खण्डन गर्नुभएको छ। यही अधिवेशनमा पास हुनुपर्ने देउवाको भनाइतर्फ लक्षित गर्दै उहाँले महाकाली सन्धी जस्तै एसीसी पनि राष्ट्रघाती हुने उल्लेख बताउनुभयो।

प्रतिनिधीसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभाग हुँदै रावलले भन्नुभयो, ‘नेपाली कांग्रेस संसदीय दलका नेताले यही अधिवेशनमा पारित गर्नुपर्छ भन्नुभयो। उहाँले महाकाली सन्धीमा पनि यस्तै भन्नुभएको थियो।’ महाकाली सन्धी १०/१० वर्षमा पुनरावलोकन हुने र कार्यान्वयन गर्ने सम्झौता भएपनि त्यो हुन नसकेको नेता रावलले बताउनुभयो।

नेता रावलले विवादास्पद एमसीसी पछाडिको ढोकाबाट आउन खोजेको टिप्पणी गर्नुभयो। एसीसी सम्झौता अनुसार भयो भने राष्ट्रहित विपरित हुने बताउँदै उहाँले भन्नुभयो, ‘एउटा स्वधीन देशका हैसियतमा आँच पुर्याहउने सम्झौता लागु हुनुहुँदैन। स्वाधिनता पैसामा साट्न सकिँदैन।’

यसैगरी अन्तरदेशीय उद्योग खोल्ने कुरा नीति तथा कार्यक्रममा आएको तर त्यस्तो गर्न मिल्ने कानुन नरहेको बताउनुभयो। उहाँले अन्य चुनौती भएको बेला अस्पष्ट कुराहरु अघि सार्दा जनतामा भ्रम सिर्जना हुने धारणा राख्नुभयो। कोरोनाभाइरस र भारतीय अतिक्रमणबाट देशलाई कसरी जोगाउने भन्ने दोहोरो चुनौती नेपालसामू रहेको नेता रावलको भनाइ छ।

लिम्पियाधुरा र कालापानी क्षेत्रबाट भारतको उपस्थिति हट्नुपर्ने माग उहाँको छ। बीचमा नेपालको नक्साबाट कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको कदम स्वागतयोग्य रहेको नेता रावलले बताउनुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP