Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

वामदेव गौतम भन्छन्ः अतिक्रमित नेपाली भूभाग समेटेर नक्सा जारी गर्ने प्रस्ताव मैले राखेको हो

काठमाडौं । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा प्रकाशित गर्न आफूले नै पार्टीमा प्रस्ताव गरेको बताउनुभएको छ। नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको भन्दै उहाँले यसपटक पनि यो प्रस्ताव पार्टीको बैठकमा आफूले नै राखेको बताउनुभएको छ।

बुधबार बिहानै सामाजिक सञ्जालमार्फत् गौतमले वर्तमान सरकारका अनेकन कार्यको आलोचना मात्रै हुँदै आएको भए पनि यो काम भने स्वागतयोग्य भएको उल्लेख गर्नुभएको छ।

‘सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ।’ गौतमले भन्नुभएको छ, ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ। तर, यो निर्णय पार्टीको सामूहिक निर्णय प्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ। हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ।’

ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेकोमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ।

सो नक्सा जारी गर्ने घोषणासँगै प्रधानमन्त्री ओली र भूमि सुधार मन्त्री पद्मा अर्यालको धेरैले प्रशंसा गरिरहेका बेला नेता गौतमले यस निर्णयमा आफ्नो योगदान रहेको दावी गर्नुभएको हो।

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समेटेर नयाँ नक्सा स्वीकृत गर्दै सार्वजनिक गर्ने निर्णय गरेको थियो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP