१९ असोज, काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर कर्जाको सीमा बढाएको छ।
राष्ट्र बैंककै नीतिका कारण शेयर बजार घटेको र बजार चलायमान हुन नसकेको भनेर चौतर्फी आलोचना भएपछि राष्ट्र बैंकले दुई वर्षअघि कायम गरेको सीमा बढाएको हो।
यसअघि समग्र वित्तीय प्रणालीबाट १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था भएकामा त्यसलाई बिहीबार बैंक तथा वित्त संस्थालाई निर्देशन जारी गर्दै १५ करोड पुर्याइएको छ।
संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरेको छ। यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोडको सीमा थियो।
नेपाल राष्ट्र बैंकले बजार उच्च अंकमा रहेका बेलामा यस्तो सीमा तोकेको थियो। जसका कारण २०७८ मा ३२ सय नजिक पुगेको शेयर बजार १८ सय अंकसम्म झरेको थियो। जुन बिहीबार १९ सय ५६ अंकमा रहेको छ।
त्यसैगरी घरजग्गा चलायमान बनाउन सरकारको नीतिलाई सहयोग पुग्ने गरी कर्जाको सीमा संशोधन गरेको छ।
यसअघि काठमाडौं उपत्यकामा जग्गाको धितोको ४० प्रतिशतसम्म ऋण दिन पाइने गरेकामा अब राष्ट्र बैंकले त्यसमा संसोधन गरी ५० प्रतिशत पुर्याएको छ। काठमाडौं उपत्यकाबाहिर भने यसअघि पनि ५० प्रतिशतकै सीमा कायम थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया