Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

कोरोना कोषमा काँग्रेसको दुई लाख सहयाेग

तनहुँ । भानु नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि खडा गरेको कोरोना रोकथाम तथा उपचार कोषमा नेपाली काँग्रेस भानु नगर समितिले रु दुई लाख सहयोग गरेको छ । जिल्लाका सबै स्थानीय तहमा आर्थिक सहयोग गर्ने नीतिबमोजिम काँग्रेस भानु नगर समितिले मङ्गलबार भानु नगरपालिकालाई रु दुई लाख एक हजार १३ सहयोग गरेको हो ।

भानु नगर समितिका सभापति श्रीभक्त आचार्यले नगरप्रमुख उदयराज गौलीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ । उक्त रकममध्ये रु ३० हजार नेपाली काँग्रेस जिल्ला समितिले उपलब्ध गराएको हो भने बाँकी रु एक लाख ७१ हजार १३ नगर समितिले शुभेच्छुकहरुबाट सङ्कलन गरेको हो । नेपाली काँग्रेस सुखदुःखमा सधै जनताको साथमा रहेको भन्दै आचार्यले स्थानीय तहलाई हस्तान्तरण गरिएको रकमको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले कोरोना नियन्त्रण गर्ने अभियानमा नेपाली काँग्रेसको तर्फबाट गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो । नगरपालिकाले खडा गरेको कोरोना कोषमा सहयोग गर्न सङ्घसंस्था तथा व्यक्तिलाई नगरप्रमुख गौलीले आह्वान गर्नुभयो । जिल्लाका विभिन्न स्थानीय तहले खडा गरेको कोरोना कोषमा राजनीतिक दलको तर्फबाट सहयोग गर्ने क्रम जारी छ । काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न स्थानीय तहमा सहयोग गरिरहेका छन् ।

शुक्लागण्डकीको कोषमा २७ लाख सङ्कलन तनहुँको शुक्लागण्डकी नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रु २६ लाख ९३ हजार ९२३ सङ्कलन भएको छ । नगरपालिकाको कोषमा प्रदेश सरकारलगायत सङ्घसंस्था र उद्योगी व्यवसायीले सहयोग गरेका छन् ।

उक्त कोषमा गण्डकी प्रदेश सरकारको तर्फबाट प्राप्त रु १० लाख, शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित सूर्य नेपाल प्रालिको तर्फबाट रु १० लाख, नगरपालिकाका कर्मचारीको तर्फबाट रु दुई लाख ५२ हजार ६०५, नेपाल रेडक्रस सोसाइटी दुलेगौडा उपशाखाको तर्फबाट रु एक लाख ५१ हजार १५१, गण्डकी क्रसर उद्योग व्यवसायी सङ्घको तर्फबाट रु एक लाख प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP