Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

‘दल फुटाउन सकिन्छ कि भनेर भारतले आसा गर्नु वेकार छ, संशोधन हुन्छ’

काठमाडौँ । नेकपाका नेता एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपालमा नेताहरुको विवादका कारण संविधान संशोधनको विषय स्थगित भयो भनेर छिमेकी मुलुकले ढुक्क भएर बस्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई वैधानिकता दिनका लागि संसदमा दर्ता भएको संविधान संशोधनको विधेयक चाडै पारित हुने भन्दै यसप्रति भारतले राखेको चासोमा धन्यवाद दिनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै उपनेता नेम्वाङले नेपालमा गणतन्त्रको संस्थागत विकास भइरहेको र राजनीतिक आर्थिक परिवर्तनका लागि अब कसैले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले नेपालको इतिहासमा पहिलो पटक जनताको संविधान संविधानसभाबाट बनेकाले आवस्यकता अनुसार संविधानको परिवर्तन गर्न सकिने विषय सामान्य भएको बताउनुभयो । २०४७ सालको संविधान जस्तो यो संविधान नभएको नेम्वाङको तर्क छ ।

उहाँले सरकारले संविधान संशोधनका लागि संसदमा विधेयक दर्ता भएको र सवै राजनीतिक दलको समर्थन रहेकाले कुनै विवाद नरहेको बताउनुभयो । अब सरकारले यो प्रक्रिया अगाडी बढाउने भन्दै नेम्वाङले संशोधनपछि भारतसँग छलफल गर्ने र यसमा संका नगर्न र राजनीतिक दलहरुले यो विषयमा थप छलफल गनरुन भनेर हिजोको बैठमा कार्यसूचीबाट हटाइएको बताउनुभयो ।

उहाँले भारतले वार्ताको मिति सार्दै आएपनि सरकारले प्रयास जारी राख्ने बताउनुभयो । भारतसँग अविचलित रुपमा वार्ताको प्रस्तामा जान्छौ भन्दै उहाँले भारतीय प्रधानमन्त्रीसँग वार्ताको प्रयास भएको हो र समय पनि तयार भएको हो तर, एक घण्टा अघि खबर आयो र वार्ता हुन नसक्ने जानकारी गराइएको बताउनुभयो । भारतीय प्रचारले नेपालीलाई एक बनाएको भन्दै प्रतिपक्षको केन्द्रीय समितिको वैठक बस्न नसकेको र उसले केन्द्रीय समितिको बैठकबाट निर्णय गरेपछि संशोधन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ यो प्रस्तावबाट सरकार र कुनैपनि दलहरु पछि हट्ने अवस्थामा छैन् । ७० वर्षको राजनीतिक लडाइबाट दलहरुले धेरै कुरा बुझेका छन् । जनताले पनि बुझेका छन् । अब आफ्नो थैली बलियो बनाउने समयहो । हल्लाको पछि नलागौ । हामी राष्ट्रियताका विषयमा कुनै पनि दल अलग छैनौ । हामी एकता बद्ध छौ । यो सरकारलाई कसैको दवावले काम गर्ने वाला छैन । त्यसमा पनि विपक्षीदल सहितका सवै दलहरु एकठाउमा छन् । यसका लागि सवै जाती भाषा,धर्म र दलहरु एक ठाँउमा आउनुपर्छ’ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP