Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

जनवादी क्रान्ति हुँदै समाजवाद स्थापना गर्न जनमोर्चाको माग

ओमप्रकाश गुप्ता

सिसहनियाँ

अहिलेको बुर्जुवा गणतन्त्रले जनताका आधारभुत समस्याहरु समाधान गर्न नसक्ने भन्दै नयाँ जनबादी क्रान्ति मार्फत समाजबाद स्थापना गर्नुपर्ने कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । गणतन्त्र दिबसका अबसरमा राष्ट्रिय जनमोर्चा दाङ देउखुरी जिल्ला समितीले अनलाइनबाट आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी मसालका जिल्ला प्रबक्ता भरत भण्डारीले गणतन्त्र आएता पनि शासकहरुको चरीत्र फेरीन नसकेको बताए । अहिले राष्ट्रियताको विषय महत्त्वपूर्ण भएको कुरा बताउँदै नेपाल कहिले कसैको गुलाम नभएकोले भारतको गुलाम हुन नसक्ने कुरा भारती सासकहरुले बुझ्नु पर्ने र सरकार खुट्टा नकमायर आफ्नो देशको सार्बभौमिक्ताको रक्षा गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य रामबहादुर घर्ती, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष भानु जिएम लगायतले सम्बोधन गरेका थिए । जिल्ला सचिब वसन्तराज पौडेलको संचालन र जिल्ला सदस्य ठाकुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जातीय समता सामाजका केन्द्रिय उपाध्यक्ष टीका बिक , अखिल छैठौ का केन्द्रिय सदस्य वसन्त आचार्य र अखिल नेपाल युबक संघ जिल्ला सदस्य डोरबहादुर केसीको पनि आथित्यता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP