विराटनगर : मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै महिलालाई कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई सोमवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरेको पाइएको डिएसपी दाहालले बताए।
पक्राउ परेकी माझीले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको पाइएको उनको भनाइ छ।
माझीको घरमा लगाइएको अष्टमी पूजामा प्रयोग गरिएको दियो हराएको र पूजाको दियो चोरी गरेको आरोप उनले पीडितलाई लगाएको प्रहरीको भनाइ छ।
‘पूजाको दियो हराएपछि चोरी गरेको भनेर बोक्सीको आरोप लगाउँदै उनले महिलालाई कुटपिट गरेर यातना दिँदै मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी दाहालले भने‚ ‘जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् र पीडितले पनि यही भन्नुभएको छ।’
माझीले लछारपछार गरेर कुटपिट गर्दै विभिन्न हिसाबबाट यातना दिएर पीडितलाई मलमूत्र खुवाएको जानकारी दाहालले दिए।
धामी झाँक्रीको काम गर्दै आएकी माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको दाहालको भनाइ छ।
उनीविरुद्ध बोक्सी आरोपको कसुरमा अदालतबाट शुक्रवार म्याद थप गर्ने तयारी भइरहेको डिएसपी दाहालले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया