Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

संसद् प्रेसमैत्री कानुन बनाउन प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्ति स्वतन्त्रता विरुद्धका गतिविधिलाई निरुत्साहित गर्न प्रतिबद्ध रहेको बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवस–२०८१ को अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै उनले प्रेस स्वतन्त्रता दिवसले संवैधानिक हक, अधिकारको संरक्षण गर्दै व्यवहारिक चुनौती सामना गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।

“राजनीतिक आन्दोलन सकिएसँगै नेपाली प्रेसले सुशासन, विकास र समृद्धितर्फका गतिविधिलाई प्रोत्साहित र प्रवद्र्धन गर्नेतर्फ लाग्नुपर्दछ”, शुभकामना सन्देशमा भनिएको छ, “प्रेसलाई बलियो बनाउने, सबल र सक्षम बनाउने दायित्वबाट सरकारसमेत पछि हट्नु हुँदैन।”

नेपालको संविधानले व्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस तथा प्रकाशनको हक प्रत्याभूत गरेको उनको भनाइ छ। लोकतन्त्रमा प्रेसको भूमिका सूचना सम्प्रेषणमा मात्रै सीमित नभई लोकतन्त्रको प्रवद्र्धन र सुशासन प्रत्याभूमिका लागि अपेक्षित रहने उल्लेख गर्दै लोकतन्त्रको स्वास्थ्यका लागि पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँच आवश्यक भएको उनले बताए।

“नागरिकलाई अज्ञानता र गलत सूचनाबाट रोक्ने, सुसूचित गर्ने र तथ्यपरक सूचना प्रवाह गर्ने दायित्व सञ्चारजगतको नै हो”, सन्देशमा भनिएको छ, “सरकार तथा जनप्रतिनिधिलाई समेत खबरदारी गर्दै जनसरोकारका मुद्दामा उत्तरदायित्वप्रति सचेत गराउने काम पनि सञ्चार क्षेत्रको प्रमुख रहन्छ, सरकार र नागरिक समाजका सबै पक्षबीच मध्यस्तथता गर्ने माध्यमको रुपमा प्रेसको भूमिका रहन्छ।”

नेपाली प्रेस लोकतन्त्र प्राप्ति र लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण सहयात्री भएको र लोकतन्त्र र सञ्चार जगत् एक अर्काका पूरक र सहयोगी रहेको सन्देशमा भनिएको छ। लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव भएको बताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP