काठमाडौँ : नेकपा एमालेका नेता पार्वत गुरुङले नेपालमा देश बलियो बनाउनेभन्दा व्यक्ति बलियो हुने परिपाटी विकसित भइरहेको बताएका छन्।
शुक्रवार काठमाडौँमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा उनले यस्तो बताएका हुन्। उनले मर्यादित नेपाल, मर्यादित समाज निर्माण गर्नको लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै देश बलियो भएमात्रै सबै बलियो हुने बताए।
देश कमजोर हुँदा सबै कमजोर हुने भन्दै उनले सबैले मिलेर देश बनाउनुपर्ने बताए। उनले अहिलेको प्रतिष्पर्धा व्यक्ति बलियो हुने देश कमजोर बनाउनेमा भइरहेको जिकिर गरे।
‘आज समृद्ध नेपाल, मर्यादित नेपाल, मर्यादित समाज निर्माण गर्न पत्रकारको भूमिका कस्तो हुनुपर्छ? कस्तो भयो भने समृद्ध नेपाल बन्नसक्छ चिन्तन गर्ने थलो हो‚’ उनले भने, ‘आज नेपालमा व्यक्ति बलियो हुने कि राज्य बलियो हुने यो एउटा प्रतिष्पर्धामा व्यक्ति बलियो हुने देश कमजोर बनाउने काम भइरहेको छ।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया