Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

खानी उत्खनन गर्न सके मुलुकलाई फाइदा पुग्छ : मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताएका छन्।

नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौताबमोजिम नेपालको खानी तथा भूगर्भ विभाग र चीनको चाइना जियोलोजिकल सर्वे तथा बि ड्रिलिङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबाट हुन गइरहेको अन्वेषणात्मक वेल ड्रिलिङ कार्यको समुद्घाटन कार्यक्रममा आज उहाँले तेल र ग्यासको खोज तथा निकासीले नेपालको सामाजिक–आर्थिक परिदृश्यलाई रुपान्तरण गर्ने र भावी पुस्तालाई सशक्तिकरण गर्ने बताएका उनको सचिवालयले जनाएको छ।

मन्त्री भण्डारीले भने, “पेट्रोलियम पदार्थ अन्वेषणको यो यात्रामा जाँदा चुनौतीहरु पार गर्न र हाम्रा प्राकृतिक स्रोतहरुको पूर्ण सम्भावनालाई खोल्न, नवीनता, विज्ञान र प्रविधिको प्रयोग गर्ने संकल्पमा हामी अडिग छौँ, यस काममा नेपाल र चीनबीचको साझेदारीले सीमाना र विविधताभन्दा माथि उठेर मित्रता र सहकार्यको भावनालाई उजागर गर्दै पारस्पारिक समृद्धि र प्रगतिका लागि हाम्रो साझा प्रतिबद्धतालाई प्रमाणित गर्नेछ भन्ने विश्वास मैले लिएको छु।”

उनले जमिनमुनि रहेको प्राकृतिक स्रोतको सफल उत्खननले राष्ट्रको समृद्धिको रेखा कोर्ने बताए। उनले भने, “यी स्रोतहरुको अन्वेषणले हाम्रो ऊर्जा सुरक्षालाई बलियो बनाउने मात्र होइन आर्थिक वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार विकासका लागि अभूतपूर्व अवसरहरु पनि प्रस्तुत गर्नेछ।”

मन्त्री भण्डारीले भौगर्भिक विविधताले भरिपूर्ण नेपालसँग तेल र ग्यासको विशाल भण्डारणको सम्भावना रहेको प्रमाण विभिन्न पूर्व खोज तथा अनुसन्धानले देखाएको बताए।

उनले भने, “अहिलेको यस परियोजनामार्फत पनि गरिएका सर्फेस जियोलोजिकल, सेस्मिक तथा म्यग्रेटोटेलुरिक सर्वे तथा टोटल अर्गानिक कार्बनको परीक्षणबाट आएका नतिजाहरुले यसलाई थप पुष्टि गरेको मैले जानकारी पाएको छु, आज थालनी हुन लागेको यस ड्रिलिङले पेट्रोलियम पदार्थको एउटा असल भण्डार फेला पर्न सकोस भन्ने कामनासमेत गर्दछु।”

यस्तै, उनले नेपालका प्राकृतिक स्रोत र साधनमा आधारित उद्योगको प्रवद्र्धन गर्न सरकार अग्रसर रहेको बताए। उनले आन्तरिक तथा बाह्य लगानीकर्ताका लागि सरकारले लगानीमैत्री वातावरण निर्माण गरिरहेको बताए। उद्योग, कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP