कपिलवस्तु, २५ बैशाख ।
युवा विद्यार्थी नेता अन्जित खनालले नेपाल कम्युनिष्ट पार्टी एमाले कपिलवस्तुकाे जिल्ला सदस्यमा उम्मेदवार दिने घाेषणा गरेका छन् । भाेलि बैशाख २६ र २७ गते हुने एमालेकाे १० औँ जिल्ला अधिशनबाट खनालले पार्टीकाे जिल्ल सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।
लामाे समयदेखि विद्यार्थी संगठनमा क्रियाशील भएर विद्यार्थीको आवाज उठाउँदै क्याम्पस कमिटी हुँदै सह-सचिव हुँदै अहिले लुम्बिनी प्रदेश कमिटीकाे कोषाध्यक्ष नेतृत्वमा सम्महालेका खनाल जिल्ला सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।
खनालले अधिवेशनहरुबाट पहिलो उमेर समुह ( ३० वर्षमुनिको विशेषगरी २३ देखि २६ वर्षे युवा समूह ) जिल्ला नेतृत्वमा पुर्याउने केन्द्रको नीति अनुरुप खनाल अग्र स्थानमा देखिएका छन् । जिल्ला अधिवेशनमा खनालहित धेरै संख्यामा युवा विद्यार्थीको प्रतिनिधित्व हुने देखिएको छ। भूगोलमा संगठन बलियो बनाउने भनेर जिल्लातर्फ लाग्ने इच्छा रहेकाे खनालले बताए ।
खनाल २०७० मा अनेरास्ववियु वाणगंगा क्याम्पस कमिटी सह-सचिव,२०७१ मा अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी सदस्य हुँदै सचिवालय सदस्य, २०७४ मा अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी कोषाध्यक्ष, २०७८ मा अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी उपाध्यक्ष, २०७९ मा अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष, २०८० मा अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी कोषाध्यक्ष हुँदै नेतृत्व सम्हालेका आएका छन्
खनालले अध्ययनशील युवालाई राजनितिमा आकर्षित गर्न,पार्टीलाई नयाँ दिशा प्रदान गर्ने लगायतका नारासहित उम्मेदवारी दिने बताए । स्कुले जीवनबाटै राजनीतिमा होमिएका खनालले प्रदेश सहित केन्द्रमा पनि राम्रो लोक प्रियता छ ।
२०७९ मा जिल्ला अध्यक्षको भुमिकामा रहेका खनाल आफ्नो जीत भन्दा पनि जिल्लभर संगठनकाे जित गराउँन जिल्ला दौडाहामा हिँडेर अधिकांश क्याम्पसमा अनेरास्ववियुको नेतृत्व स्ववियुमा पुराउँदा उनको चर्चा जिल्ला भर भएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया